नियम २१
अवकाश योगदानको सीमा
कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा पाँच लाख
रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य
आयबाट घटाउन सक्नेछ । तर योगदानमा आधारित सामाजिक सुरक्षा: कोष
ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा
कोषमा योगदान गर्ने कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले
सो कोषमा योगदान गर्दा पाँच लाख रुपैयाँ वा निजको
निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो
रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछ ।